शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ थाप्न मेयर रेनु दाहाल लन्डनमा

बुधबार, २३ फागुन २०८०, ०६ : ४८
बुधबार, २३ फागुन २०८०

लन्डन । ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्ने सिलसिलामा चितवन जिल्ला भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मंगलबार बिहान लन्डन आइपुगेकी छिन् । उनले पाउन लागेको ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीबार साँझ लन्डनस्थित बेलायती संसद भवनमा हुँदै छ ।

मेयर दाहाललाई विमानस्थलमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए युके अध्यक्ष हित काजी गुरुङले स्वागत गरेका थिए । 

यसैगरी नेकपा माओवादी केन्द्रीय सदस्य एवम् गेसो अध्यक्ष कृष्णकुमार राई, जनप्रगतिशील मञ्च युके अध्यक्ष विमला लिम्बू, काउन्सिलर एवम् पर्यटन बोर्डका प्रवर्द्धक धन सार्की, माओवादीनिकट आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य एवम् किराया बेलायत अध्यक्ष मेजर योगेश राईलगायत अन्य विभिन्न व्यक्तिहरु पनि विमानस्थलमा उपस्थित थिए ।

लन्डन उत्रिएकै दिन मंगलबार बेलुका  दाहाल एनआरएनए युकेले अल्डरसटमा गर्न लागेको नारी दिवस कार्यक्रममा सहभागी हुनेछिन् । दाहालको सम्मानमा लन्डनस्थित नेपाली दूतावासमा  बुधबार एक ‘रिसेप्सन’ आयोजना तय भएको छ ।

यसका साथै मेयर दाहालले शुक्रबार साँझ दाहालले लण्डनको रोयल ग्रीनवीच बरोमा र  आइतबार नेकपा माओवादीनिकट जनप्रगतिशील मञ्च युकेसँग अन्तरक्रिया कार्यक्रम तय भएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप