‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ थाप्न मेयर रेनु दाहाल लन्डनमा
लन्डन । ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्ने सिलसिलामा चितवन जिल्ला भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मंगलबार बिहान लन्डन आइपुगेकी छिन् । उनले पाउन लागेको ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीबार साँझ लन्डनस्थित बेलायती संसद भवनमा हुँदै छ ।
मेयर दाहाललाई विमानस्थलमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए युके अध्यक्ष हित काजी गुरुङले स्वागत गरेका थिए ।
यसैगरी नेकपा माओवादी केन्द्रीय सदस्य एवम् गेसो अध्यक्ष कृष्णकुमार राई, जनप्रगतिशील मञ्च युके अध्यक्ष विमला लिम्बू, काउन्सिलर एवम् पर्यटन बोर्डका प्रवर्द्धक धन सार्की, माओवादीनिकट आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य एवम् किराया बेलायत अध्यक्ष मेजर योगेश राईलगायत अन्य विभिन्न व्यक्तिहरु पनि विमानस्थलमा उपस्थित थिए ।
लन्डन उत्रिएकै दिन मंगलबार बेलुका दाहाल एनआरएनए युकेले अल्डरसटमा गर्न लागेको नारी दिवस कार्यक्रममा सहभागी हुनेछिन् । दाहालको सम्मानमा लन्डनस्थित नेपाली दूतावासमा बुधबार एक ‘रिसेप्सन’ आयोजना तय भएको छ ।
यसका साथै मेयर दाहालले शुक्रबार साँझ दाहालले लण्डनको रोयल ग्रीनवीच बरोमा र आइतबार नेकपा माओवादीनिकट जनप्रगतिशील मञ्च युकेसँग अन्तरक्रिया कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण