आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, २३ फागुन २०८०, १० : ४७
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेर कारोबारमा आएको जनाएको छ । महासंघले आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ९०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ४०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण