१६ राज्यमा भएको प्राइमरी मतदानमा बाइडेन र ट्रम्पको दबदबा
वाशिङ्टन डीसी । नोभेम्बरमा अमेरिकामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेन एक आपसमा भिड्ने निश्चित भएको छ । मंगलबार अमेरिकाका १६ राज्यमा भएको प्राइमरी मतदानमा रिपब्लिकन दलमा ट्रम्प र डेमोक्रेटमा बाइडेनको दबदबा थियो ।
पछिल्लो नतिजाले नोभेम्बरमा सन् २०२० को झैं ट्रम्प र बाइडेनबीच दोस्रो कार्यकालका लागि कडा टक्कर हुने देखिएको छ । आगामी चुनावी अभियानका लागि मंगलबार सबैभन्दा महत्वपूर्ण दिन थियो । ट्रम्पले ९६१ डेलिगेटको समर्थन पाएका छन् भने बाइडेनले १ हजार ५०१ समर्थन जुटाएका छन् । रिपब्लिकनको उम्मेदवार बन्न २ हजार ४२९ मध्ये १ हजार २१५ डेलिगेटको समर्थन जुटाउनु पर्नेछ । डेमोक्रेटको उम्मेदवार चुनिन ३ हजार ९३४ मध्ये १ हजार ९६८ डेलिगेटको समर्थन चाहिन्छ ।
गएको निर्वाचनमा हार बेहोरेपछि ट्रम्पको दोस्रो कार्यकालको सपना तुहिएको थियो । ट्रम्पको कमब्याक अमेरिकाको राजनीतिको इतिहासमा सबैभन्दा आश्चर्यजनक कमब्याक हुनेछ । मंगलबारको प्राइमरीमा ट्रम्पले भर्जिनिया, नर्थ क्यारोलिना, ओकलाहोमा, टेनेसी, मैन, टेक्सस, अलस्का, अर्कान्सास, अलाबामा, कोलोराडो, मिनेसोटो, म्यासाचुशेट्स र क्यालिफोनिर्याको रिपब्लिकन प्राइमरी जितेका छन् । हरेक ठुला राज्यमा प्राइमरीको नतिजा ट्रम्पको पक्षमा आउनुले उनलाई निर्वाचनको झन झन नजिक पुर्याइरहेको छ । ट्रम्पको जितपछि बाइडेनले समर्थकहरुलाई सम्बोधन गर्दै अगाडि बढिरहने कि ट्रम्पलाई अस्तव्यस्त, विभाजन र अन्धकारमा पुनः अमेरिकीहरुलाई धकेल्न दिने भन्ने प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण