नेपालमा यसै महिना पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने
काठमाडौँ । नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । पिकलबल संघ नेपालले यसै महिना ‘नेपाल ओपन इन्टरनेशनल टुर्नामेन्ट–२०२४’ आयोजना गर्न लागेको हो ।
प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका खेलाडीको सहभागिता रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सौरभ भण्डारीले दिए ।
प्रतियोगितामा नेपालका अतिरिक्त बेलायत, अमेरिका, भारत, सिंगापुर, थाइल्यान्ड, पोर्चुगल र स्पेनका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा एमेच्योर, इन्टरमिडियट र एडभान्स गरी तीनवटा स्पर्धा समावेश गरिएको छ । यसका अतिरिक्त प्रतियोगितामा १९ वर्षभन्दा माथि, ३५ वर्षभन्दा माथि, ५० वर्षभन्दा माथि र ६० वर्षभन्दा माथिको उमेर समूहमा खेलाडीबिच भिडन्त हुनेछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी संघका संरक्षक नविन गुरुङले दिए । प्रतियोगिताका लागि सातदोबाटोस्थित टेनिस कोर्टमा १६ वटा पिकलबल कोर्ट तयार पारिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल सुपर लिग (एनएसएल) रहेको छ । विश्व खेलकुदमा पुरानो खेल भएपनि नेपालका लागि भने पिकलबल नयाँ खेल हो । त्यसैले नेपालमा आयोजना हुन लागेको पिकलबलको यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
पिकलबल खेलको सुरुआत भने अमेरिकाबाट भएको हो । पिकलबल खेल टेबलटेनिस, टेनिस र ब्याडमिन्टनको मिश्रित स्वरुप हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण