शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सचिवालय बैठक

एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा जानेबारे निर्णय गर्ने

बुधबार, २३ फागुन २०८०, १६ : ४०
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भएको छ । त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई वार्ता गर्न जिम्मेवारी दिएको छ । 

सो पार्टीको आज बसेको सचिवालय बैठकले तीन नेतालाई वार्ता गर्ने जिम्मेवारी दिएको हो । जिम्मेवारी दिए लगत्तै नेताहरू प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार हिँडेका छन् । 

एकीकृत समाजवादीले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई सकारात्मक रूपले लिएको छ ।  ‘निम्न विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने, जसमा आर्थिक वृद्धि, राष्ट्रहित, भ्रष्टाचार नियन्त्रण, महँगी नियन्त्रण र सन्तुलित परराष्ट्र सम्बन्धका एक पटक छलफल गरेर मात्रै निर्णय गर्ने’, बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप