सचिवालय बैठक
एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा जानेबारे निर्णय गर्ने
बुधबार, २३ फागुन २०८०, १६ : ४०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भएको छ । त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई वार्ता गर्न जिम्मेवारी दिएको छ ।
सो पार्टीको आज बसेको सचिवालय बैठकले तीन नेतालाई वार्ता गर्ने जिम्मेवारी दिएको हो । जिम्मेवारी दिए लगत्तै नेताहरू प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार हिँडेका छन् ।
एकीकृत समाजवादीले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई सकारात्मक रूपले लिएको छ । ‘निम्न विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने, जसमा आर्थिक वृद्धि, राष्ट्रहित, भ्रष्टाचार नियन्त्रण, महँगी नियन्त्रण र सन्तुलित परराष्ट्र सम्बन्धका एक पटक छलफल गरेर मात्रै निर्णय गर्ने’, बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण