लुम्बिनी प्रदेश र कर्णाली विजयी
काठमाडौँ । मोरङ जिल्ला क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई एक सय ६८ रन बनाएको थियो ।
लुम्बिनीका लागि विशालविक्रम केसीले ३१ बलमा चार छक्का र एक चौकाको मद्दतले ४८ रन बनाए । कप्तान देव खनालले २३ बलमा दुई छक्का र ६ चौकाको मद्दतले ४५ रनको योगदान गरे । दिलसाद अलीले ३१ रन बनाए । सुदूरपश्चिमका बलर नरेन साउदले दुई तथा हेमन्त धामी, दिपक बोहोरा र शेर मल्लले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले १७.१ ओभरमा अलआउट हुनुअघि एक सय ११ रनमात्र बनाउन सक्यो ।
सुदूरपश्चिम प्रदेशका लागि नरेन भट्टले सर्वाधिक १९ रन बनाए । अविशेक पलले १८ रन जोडे । लुम्बिनीका म्यान अफ दी म्याच निर्मल गुरुङले तीन विकेट लिए । विर मगर र राहुल चौहानले पनि दुई–दुई विकेट लिए । दोस्रो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई तीन विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९० रनमा खुम्चियो । मधेशका प्रदिप पासवानले सर्वाधिक १८ रन बनाए ।
कर्णलीका म्यान अफ दी म्याच घोषित दिवान पुनले तीन तथा दिनेश अधिकारी र अनुज चहराले दुई–दुई विकेट लिए । जवाफमा कर्णालीले १५.४ ओभरमा सात विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । कर्णालीका लागि हिमान्सु शाहीले ३४ रन बनाए । अर्जुन घर्तीले १४ रन जोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण