जिल्ला प्रहरी परिसर काठमाडौँले क्युआरटी एक्सेसरिज प्रयोगमा ल्याउने
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाल प्रहरीको क्विक रेस्पोन्स टिम (क्युआरटी)मा रहेका प्रहरीहरुले प्रयोग गर्ने उपकरण सार्वजनिक गरेको छ ।
बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक गरी क्युआरटी एक्सेसरिज प्रयोगमा ल्याउने भएको हो । क्युआरटी मोटरसाइकललाई प्रदान गरिएका सामानहरुमा जिपिएस ट्रयाकिङ डिभाइस, बडी वर्न भिडियो क्यामेरा, हेल्मेट, नि गार्ड, एल्बो गार्ड, ग्लोभ्स, चेस्ट भेस्ट, सन ग्लासेस, रेडियो सेट, लाइट विथ साइरन छन् । कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले क्विक रेस्पोन्स टिम उपकरण टोली शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र घटित अपराधमा पनि तत्काल हेरेर रेस्पोन्स र डिजिटल एभिडेन्सहरुलाई पनि रिकभर गर्नका महत्त्वपूर्ण सावित हुने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शान्ति सुरक्षा कायम गर्न अपराध, अनुसन्धान र नियन्त्रण गर्ने सन्दर्भमा हाम्रा जनशक्ति दक्ष, सक्षम हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर बस्नेतले अहिले पनि प्रहरी समयमा नआइपुग्ने गुनासोहरु कायम नै रहेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण