जुम्लामा हिउँमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार
बुधबार, २३ फागुन २०८०, १९ : ५०
सुर्खेत । जुम्ला तातोपानी गाउँपालिका—४, को बजेडी पाटनको हिउँमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रदेश सरकारका प्रवक्ता एवम् कानुन मन्त्री कृष्णबहादुर जिसीले हिउँमा फसेका ८ जनाकै सकुशल उद्धार गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार तातोपानी गाउँपालिका–७, का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत सहित ८ जना रहेका छन् । जडीबुटी सङ्कलनका लागि पाटन गएका उनीहरू बाक्लो हिउँ जमेपछि पाटनमै फसेका थिए । दुई दिन अघि सम्पर्कमा आएर एउटा ओडारमा बसेको जानकारी गराएका थिए ।
खाद्यान्न सकिएको र ८ फिट हिउँ जमेकोले आउने स्थिति नभएको र स्वास्थ्यमा समस्या आएको भन्दै उनीहरूले उद्धारको माग गरेका थिए । सोही अनुसार प्रदेश सरकारले उनीहरूको उद्धार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका १० पालिकामा नमुना कृषि कार्यक्रम लागू गर्ने योजना छ : मन्त्री चौधरी
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण