सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णालीमा मन्त्रीमण्डल हेरफेर, तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई

बुधबार, २३ फागुन २०८०, २० : २५
बुधबार, २३ फागुन २०८०

सुर्खेत । कर्णालीमा मन्त्रिमण्डल हेरफेर गरिएको छ । मंगलबार नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका तीनवटा मन्त्रीहरुले राजीनामा दिएसँगै बुधबार मन्त्रिमण्डल पुर्नःगठन गरिएको हो ।
राजीनामा दिएर खाली भएका तीन वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राजकुमार शर्माले लिएका छन् ।

यसअघि अर्थ बेदराज सिंह, सामाजिक खड्ग पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी कृष्णकुमार विसीले सम्हालेका थिए । मंगलबार उनीहरुले दिएको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख तिलक परियारले कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । 

patra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप