बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार एकै दिन ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ ।
फागुन २१ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ । तर सो अवधिमा बैंकहरुले गरेको कर्जा लगानी भने जम्मा ५० खर्ब ९० अर्ब रुपैयाँ हाराहारी मात्र देखिन्छ ।
अन्तर बैंक ब्याजदर २.८१ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.७० प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा/निक्षेप अनुपात (सीडी रेसिया) ८०.०३ प्रतिशत मात्र कायम गरेका छन् । यसो हुँदा हाल बैंकहरुसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण