संसदमा कांग्रेस : प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गठबन्धनमा भएका मूल्य, मान्यता र सहमतिलाई लत्याएर एकतर्फी रूपमा अविश्वसनीय ढंगले गठबन्धन तोडेको बताए ।
उनले जनताका बीचमा बोलेका बाचाहरू, नेपाली कांग्रेसलाई मात्र बेवास्ता नभई, संघीय लोकतान्त्रिक गणतन्त्रलाई मात्र कुठाराघात नभई जनमतको पनि घोर अपमान गरेको कांंग्रेसको ठहर रहेको बताए ।
उनले भने– ‘यसरी नेपाली जनताको जनमतको अपमान गर्दै कपोलकथित कथाहरु, कपोलकल्पित कारणहरू, सानातिना मुद्दाहरू उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र जुन अविश्वसनीय काम गरियो, त्यसलाई हामीले कठोरतापूर्वक, निर्ममतापूर्वक भन्नै पर्यो यो राजनीतिक बेइमानी हो ।’
प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्रीले गरेको काम राजनीतिक बेइमानी ठहर गरेको सुनाए । प्रधानमन्त्रीले गठबन्धन भत्काएर अन्योल र अस्थिरतातर्फ धकेलेको, मुलुकलाई शृङ्खलाबद्ध रूपमा अस्थिरतातर्फ जाने खतरा बढेर गएको बताए ।
उनले कांग्रेसले इमान्दारिता पूर्वक गठबन्धनप्रति प्रतिबद्ध रहेको र निरन्तर सदासहायता देखाउँदा पनि यसरी अचानक गठबन्धन भत्काउँदा नेपाली कांग्रेसमाथि विश्वासघात पनि गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण