शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

संसदमा कांग्रेस : प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे

बिहीबार, २४ फागुन २०८०, १३ : ५७
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गठबन्धनमा भएका मूल्य, मान्यता र सहमतिलाई लत्याएर एकतर्फी रूपमा अविश्वसनीय ढंगले गठबन्धन तोडेको बताए । 

उनले जनताका बीचमा बोलेका बाचाहरू, नेपाली कांग्रेसलाई मात्र बेवास्ता नभई, संघीय लोकतान्त्रिक गणतन्त्रलाई मात्र कुठाराघात नभई जनमतको पनि घोर अपमान गरेको कांंग्रेसको ठहर रहेको बताए । 

उनले भने– ‘यसरी नेपाली जनताको जनमतको अपमान गर्दै कपोलकथित कथाहरु, कपोलकल्पित कारणहरू, सानातिना मुद्दाहरू उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र जुन अविश्वसनीय काम गरियो, त्यसलाई हामीले कठोरतापूर्वक, निर्ममतापूर्वक भन्नै पर्‍यो यो राजनीतिक बेइमानी हो ।’

प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको बैठकमा  प्रधानमन्त्रीले गरेको काम राजनीतिक बेइमानी ठहर गरेको सुनाए । प्रधानमन्त्रीले गठबन्धन भत्काएर अन्योल र अस्थिरतातर्फ धकेलेको, मुलुकलाई शृङ्खलाबद्ध रूपमा अस्थिरतातर्फ जाने खतरा बढेर गएको बताए ।

उनले कांग्रेसले इमान्दारिता पूर्वक गठबन्धनप्रति प्रतिबद्ध रहेको र निरन्तर सदासहायता देखाउँदा पनि यसरी अचानक गठबन्धन भत्काउँदा नेपाली कांग्रेसमाथि विश्वासघात पनि गरेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप