सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नवाजुद्दीनकी पत्नीलाई पक्राउ गर्न पुर्जी जारी

बिहीबार, २४ फागुन २०८०, १४ : ४१
बिहीबार, २४ फागुन २०८०

मुम्बई । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी पत्नी आलिया सिद्दीकीविरुद्ध अंधेरी अदालतले गत २९ फेब्रुअरीमा धरौटी बिनाको पक्राउ पुर्जी जारी गरेको छ । यो विषय सन् २०२२ मा रिलिज भएको चलचित्र ‘होली काउ’सँग सम्बन्धित रहेको छ । चलचित्रलाई आलियाले निर्माण गरेकी थिइन् ।

कुनै बेला आलियाको साथी रहेका मन्जु एम गढवाल सुरुवातमा यो चलचित्रको सह–निर्माता थिइन् । उनले नै आलियामाथि ५ वर्षअघि ३१ लाख ६८ हजार रुपैयाँ फिर्ता नगरेको आरोप लगाउँदै उजुरी दर्ता गरेकी हुन् । उनले यस मुद्दामा पहिलोपटक पक्राउ पुर्जी जारी हुँदा एक वकिलले यो मामिला सल्ट्याउने बताएका थिए । तर, पछि आलिया गायब भएको गढवालको आरोप छ ।

यसपछि पनि भएको सुनुवाइमा आलिया उपस्थित भइनन् । त्यही भएर अहिले उनीविरुद्ध अहिले धरौटीबिनाको पुर्जी जारी भएको उनको भनाई छ । अब यस मुद्दाको अर्को सुनुवाइ मे २ मा राखिएको छ । –दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप