राष्ट्रियसभा वृद्धहरुको सभा भन्ने भाष्यलाई कानुन निर्माण गरेर खण्डित गर्नुपर्छ : सांसद दाहाल
काठमाडौँ । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले राष्ट्रियसभालाई वृद्धहरुको सभा भन्ने भाष्यलाई कानुन निर्माण र कामले गलत सावित गर्नुपर्ने बताएका छन् । बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
दाहालले यस पटकको सभामा केही नाम चलेका सदस्यहरु पनि आएको भन्दै सभाको गरिमा झनै थपिएको अनुभुति आफूलाई भएको बताए । उनले राष्ट्रियसभा विधायकी अभ्यासमा चेक एण्ड ब्यालेन्सको लागि पनि महत्वपूर्ण भुमिका निर्वाह गर्ने थलो भएको बताए । उनले प्रतिनिधिसभाबाट आएका विधेयकहरु कानुन निर्माणको सन्दर्भमा आएका विधेयकहरु छलफल गर्ने सन्दर्भमा केही समस्याहरु भए भने राष्ट्रियसभाले सच्याउनुपर्ने बताए ।
‘यसपटक यो सभामा मैले चिनेका, नाम सुनेका, चलेका मान्यज्युहरु पनि आउनुभएको छ । त्यसैले गर्दा यसबाट यो सभाको गरिमा माथि उठेको छ भन्ने लागेको छ’ उनले भने, ‘यो सभालाई पटक–पटक बुढापाकाहरु थन्क्याउने सभा भयो भन्ने चर्चा पनि चलेको छ । त्यसलाई यो सभामा खेलेको भूमिकाबाट त्यो कुरालाई हामीले खण्डित गर्न सक्नुपर्छ ।’
उनले पार्टीभन्दा माथि उठेर पनि राष्ट्रियसभा सदस्यहरुले आफ्ना भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण