यू–१६ महिला साफ च्याम्पियनसिप : नेपालको पोष्टमा भारतको १० गोल
काठमाडौँ । घरेलु मैदानमा जारी साफ यू–१६ महिला च्याम्पियनसिप–२०२४ को बिहीबारको खेलमा नेपालले भारतसँग नमिठो हार भोगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलिएको खेलमा भारतले नेपाललाई १०–० गोलले हराएको हो ।
समूहगत चरणमा नेपालको यो अन्तिम खेल हो । हारसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ । भारत र बंगलादेश भने प्रतियोगिताको फाइनलमा पुगिसकेका छन् । समूहगत चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटानको सामना गर्नेछ ।
समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली बंगलादेशसँग ०–२ गोलले हारेको थियो । समूहगत चरणको आफ्नो दोस्रो खेलमा भने नेपालले भुटानलाई ३–० गोलले हराएको थियो । तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली फाइनलमा पुग्ने प्रावधान छ ।
नेपालसँगै भुटान पनि उपाधि होडबाट बाहिरिइसकेको छ । भारतविरुद्धको खेलमा नेपालले पहिलो हाफमै ६ गोल खाएको थियो । खेलको दोस्रो हाफमा भारतले थप चार गोल गरेको थियो । प्रतियोगिताको फाइनल खेल आइतबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण