आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी र मधेश प्रदेशलाई सफलता

बिहीबार, २४ फागुन २०८०, १७ : ५९
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा लुम्बिनी प्रदेश र मधेश प्रदेशका टोली विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा विहीबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गको हो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १७.१ ओभरमा अलआउट हुनुअघि ९० रन बनाएको थियो ।

गण्डकीका लागि दिपक डुम्रेले २८ रन बनाए । इश्वर क्षेत्रीले १८ र समिर कँडेलले ११ रन जोडेका थिए । लुम्बिनीका प्लेयर अफ दी म्याच घोषित बलर वीर मगरले चार विकेट लिए । निर्मल गुरुङ र कृष्ण कार्कीले पनि दुई–दूई विकेट बाँडे ।

लुम्बिनीले १६.१ ओभरमै केवल तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । लुम्बिनीका देव खनालले ३४ र आकाश त्रिपाठीले अविजित २९ रन बनाए । गण्डकीका बलर सुवाश भण्डारीले दुई र सन्दिप पराजुलीले एक विकेट लिए ।

दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई तीन विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको कोशीले १९.४ ओभरमा अलआउट हुनुअघि एक सय १७ रन बनायो । कोशीका श्रवण यादवले २३, फिर्दोस अन्सारीले २२, दिपेश कंडेलले अविजित २१ रन र सुजन थपलियाले १६ रनको योगदान गरे ।

मधेशका प्लेयर अफ दी म्याच घोषित बलर अविनाश तिवारीले तीन विकेट लिए । रन्जित कुमारले पनि तीन विकेट लिए । राजेश यादव र हरिशंकर साहले पनि दुई–दुई विकेट हात पारे । मधेशले १९.३ ओभरमा सात विकेट गुमाएर लक्ष्य पार ग¥यो ।

मधेशका लागि अरनिको यादवले २७ रन बनाए । मयन यादवले २४ र अविशेक तिवारीले १८ रनको योगदान गरे । कोशीका दिपेश कँडेलले तीन विकेट लिए । फिर्दोस अन्सारी, भुपाल लुइेटेल र अंकित सुवेदीले पनि एक–एक विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप