‘उपहार’ प्रिमिएर, सहभागीले दिए यस्तो प्रतिक्रिया ?

काठमाडौँ । ‘उपहार’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको राजधानीमा बिहीबार भव्य प्रिमिएर गरिएको छ ।
कमल पोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमिएरमा वरिष्ठ चलचित्रकर्मी प्रदीक कुमार उदय, छबिराज ओझा, डा. सुवोध कुमार पोखरेल, सुदेय पोखरेल, कलाकार किरण केसी, शिवहरी पौडेल, रमेश उप्रेती, जीतु नेपाल निर्माता निर्देशक शोभित बस्नेत, मिलन चाम्स, ओम अग्रवाल, निर्देशक दीवाकर भट्टराई, निर्माता किरण नेपाली, निर्देशक ओम प्रतीक, निर्माता ज्योतीराज राई, बिजय लामालगायत थुप्रै कलाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिती थियो ।
प्रिमिएरमा सहभागी अधिकांशले फिल्मको मनपरेको प्रतिक्रिया दिए । कलाकार किरण केसी, जीतु नेपालले फिल्म मनोरञ्जनात्मक बनेको बताए । अभिनेता विजय लामा, निर्देशक शोभित बस्नेत, सुदर्शन थापा, मोडल उषा उप्रेती, निर्देशक कृषा चौलागाई, दिवाकर भट्टराईले फिल्मको कथाले राम्रो लागेको प्रतिक्रिया दिए ।
त्यस्तै संगीतकार अर्जुन पोखरेल, कलाकार शिवहरि पौडेल, लेखक प्रदीप भारद्वाजलगायतले फिल्म राम्रो बनेको भन्दै प्रशंसा गरे ।
प्रिमिएरमा फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की र तेज गिरीलगायतको समेत सहभागिता थियो ।
निर्देशक देउजाले दर्शकका लागि उत्कृष्ट फिल्म दिने प्रयास ‘उपहार’ रहेको बताए । उनले फिल्म राम्रो नराम्रो जे लाग्छ सोही अनुसारको प्रतिक्रियाको आस आफूले गरेको सुनाए ।
प्रिमियर समारोहमा उपस्थित हुन नसकेकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले भिडियो संदेशमार्फत सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् ।
‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । फिल्म हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ’, अभिनेत्री थापाले भनेकी छन्, ‘यो फिल्ममा नारीको सङ्घर्षसँगै सक्षमता पनि देखाइएको छ । स्वाभिमानी महिलाको कथा हो ।’
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ । रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय फिल्ममा छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
फिल्मको वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट