सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (तस्बिरहरु)
चाडपर्व

महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (तस्बिरहरु)

शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए ।

भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ विकास कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरुपमा निषेध गरिएको छ ।

आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । 

शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । हेरौँ पशुपति परिसरका केही तस्बिरहरु :

mahashivaratri (1)mahashivaratri (2)mahashivaratri (3)mahashivaratri (4)mahashivaratri (5)mahashivaratri (6)mahashivaratri (7)mahashivaratri (8)mahashivaratri (9)mahashivaratri (10)mahashivaratri (11)mahashivaratri (12)mahashivaratri (13)mahashivaratri (14)mahashivaratri (15)mahashivaratri (16)mahashivaratri (17)mahashivaratri (18)mahashivaratri (19)mahashivaratri (20)mahashivaratri (21)mahashivaratri (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया