डोल्पामा चर्किदै केन्द्र विवादः मेयरबिरुद्ध नाराबाजी
बिहीबार, ०६ वैशाख २०७५, १६ : ११
डोल्पा– ठुलीभेरी नगरपालिकाको केन्द्र विवाद चर्किदै गएको छ । केन्द्र सारेको विरोधमा दुनैमा ४८ दिनपछि आन्दोलन थप चर्किएको हो । आन्दोलनका कारण दुनै बजार समेत बन्द रहेको छ । ठुलीभेरी नगरपालिकाको केन्द्र सदरमुकाम दुनैबाट जुफाल नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजी गरेर सारेर राजपत्रमा प्रकाशित गरेको भन्दै दुनैका स्थानीयहरुले विरोध गर्दै आएका छन् ।
अघिल्लो सरकारको मन्त्रिपरिषदबाट डोल्पाको ठुलीभेरी नगरपालिका केन्द्र सार्ने निर्णयअनुसार फागुन १६ गते राजपत्रमा जुफाल केन्द्र तोकेर प्रकाशित भएको थियो । असन्तुष्ट स्थानीयबासीले बिहीबार मेयरविरुद्ध नारावाजी गर्दै उनको पुतला दहन गरेको दुनै संघर्ष समितिका अध्यक्ष शिक्मत शाहीले जानकारी दिए । उनले बुधबारबाट आन्दोलनलाई शसक्त बनाएको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण