शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ गठबन्धन  : सचिव शर्मा

शुक्रबार, २५ फागुन २०८०, १९ : ५४
शुक्रबार, २५ फागुन २०८०

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबिच सहकार्यको परिस्थिति सृजना भएको बताएका छन् । 

म्याग्दीको बेनीमा आज नेकपा (माओवादी केन्द्र) का जिल्ला तथा प्रदेश तहका नेताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा वामपन्थी राजनीतिक शक्तिको सहकार्यलाई दीर्घकालीन बनाउनु राष्ट्रिय आवश्यकता भएको बताए । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा माओवादीका शीर्ष नेताहरूबिच विगतका कमजोरी सच्च्याएर सहकार्य गर्ने समझदारी बनेको पूर्वमन्त्री शर्माले बताए । राष्ट्रिय समस्या समाधान, अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई गति दिने, सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियाका बाँकी कामलाई  प्राथमिकता दिने सहमति भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप