शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ गठबन्धन : सचिव शर्मा
म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबिच सहकार्यको परिस्थिति सृजना भएको बताएका छन् ।
म्याग्दीको बेनीमा आज नेकपा (माओवादी केन्द्र) का जिल्ला तथा प्रदेश तहका नेताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा वामपन्थी राजनीतिक शक्तिको सहकार्यलाई दीर्घकालीन बनाउनु राष्ट्रिय आवश्यकता भएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा माओवादीका शीर्ष नेताहरूबिच विगतका कमजोरी सच्च्याएर सहकार्य गर्ने समझदारी बनेको पूर्वमन्त्री शर्माले बताए । राष्ट्रिय समस्या समाधान, अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई गति दिने, सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियाका बाँकी कामलाई प्राथमिकता दिने सहमति भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण