बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौँ । तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ब्यास नगरपालिका-११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेम बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सार्कीले ती बालिकालाई ललाई फकाई डरत्रास समेत देखाई सोही ठाउँस्थित जंगलको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता ओखलढुंगाको ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-६ बस्ने ३७ वर्षीय मुगे भन्ने रुद्र बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई सोही ठाउँस्थित कार्तिके जंगलमा बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण