कोशी प्रदेश ट्रफी क्रिकेट : कर्णाली र लुम्बिनी विजयी
विराटनगर । मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागीय टोली एपिएफ क्लबलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समूह ‘ए’मा चार खेलमा दुईमा जित र दुईमा पराजित हुँदै चार अङ्कको साथ शीर्षस्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई एक सय ६५ रन बनाएको थियो । कर्णालीका लागि प्लेयर अफ द म्याच अर्जुन घर्तीले ३४ बलमा दुई छक्का र दुई चौका प्रहार गरी अविजित ५५ रन बनाउँदा विपीन रावलले ३६ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ४२ रन र रवीन्द्र शाहीले ३५ रनको योगदान दिए ।
एपिएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्साद अहमदले एक–एक विकेट लिए । जवाफमा एक सय ६६ रनको लक्ष्य पाएको एपिएफले निर्धारित २० ओभरमा छ विकेट गुमाई एक सय १४ रनमात्र बनाउन सक्यो । एपिएफका अमर रौटेलाले ३७ बलमा एक छक्का र दुई चौका प्रहार गरी ३७ रन, हिमाञ्सु दत्तले २५ र पुरन विकले १८ रनको योगदान दिए । कर्णालीका दीपेन्द्र रावतले दुई विकेट लिँदा रवीन्द्र साहले पनि दुई विकेट तथा प्रकाश जैशीले एक विकेट लिए ।
दोस्रो खेलमा लुम्बिनीले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । लुम्बिनीको यो लगातार तीन खेलमा शतप्रतिशत नजिता निकाल्दै छ अङ्कका साथ समूह ‘बी’को शीर्षस्थानमा छ ।
लुबिनीले यसअघि गण्डकी र सुदूरपश्चिमलाई पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाइ एक सय ५३ रनको योगफल तयार पारेको थियो । बागमतीका कप्तान रित गौतमले ३३ बलमा एक छक्का र चार चौका प्रहार गरी ४३ रन बनाउँदा आशुतोष घिरैयाले २८, उत्तम मगरले २५ र इसान पाण्डेले २१ रनको योगदान दिए ।
लुम्बिनीका चाहुल चैहानले तीन विकेट लिँदा कृष्ण कार्कीले दुई विकेट लिए । जवाफमा एक सय ५४ को लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान देव खनालको शतकले १७ दशमलव दुई बलमा तीन विकेट गुमाई लक्ष्य पार गरेको थियो ।
लुम्बिनीको जितमा कप्तान खनालले एक सय रनमा अविजित रहे । उनले ५१ बलमा सात छक्का र सात चौका प्रहार गरी शतक पूरा गरे । खनालको शतक कोशी प्रदेश ट्रफीमा पहिलो शतक हो । त्यस्तै विशालविक्रम केसीले अविजित २७ रन बनाए ।
बागमतीका विपीन आचार्य, गौतम केसी र कृजन गुरुङले एक–एक विकेट लिए । आइतबारको पहिलो खेल गण्डकी र नेपाल पुलिस तथा दोस्रो खेल आर्मी र मधेस प्रदेशबीच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद सादबाबु कुरैसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण