आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : आज हङकङ र नेपालबिच प्रतिस्पर्धा

आइतबार, २७ फागुन २०८०, ०६ : ५०
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आज घरेलु टिमको सामना गर्ने भएको छ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो ।  त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

त्यसअघि नेपालले हिजो हङकङसँग  मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप