आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज २१ अर्ब ५० करोडको ट्रेजरी बोलकबोल गर्ने

आइतबार, २७ फागुन २०८०, १० : ४९
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले फागुन २७ गते २१ अर्ब५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । फागुन २९ गते मंगलबार जारी गर्नेगरी राष्ट्र बैंकले २८ दिने, ९१ दिने र ३६४ दिनेगरी तीन किसिममा कूल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

तथापि, ट्रजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएका राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । 

बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका लागि ८ अर्ब ५० करोड रुपैयाँ र ३६४ दिनेका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ । उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ । 

यसअघि राष्ट्र बैंकले फागुन २१ गते १३ अर्ब रुपैयाँ ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप