आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखला

गुलसन झाले लिए हङकङको दोस्रो विकेट

आइतबार, २७ फागुन २०८०, १२ : ३६
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । 

हङकङको दोस्रो विकेट गुलसन झाले लिएका हुन् । गुलसनले हङकङका ओपनर ब्याट्सम्यान निजाकत खानलाई २५ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् ।

पेभेलियन फर्किनुअघि हङकङका कप्तान निजाकतले २० बलमा एक छक्का र तीन चौका हिर्काएका थिए । ७.२ ओभरमा निजाकत आउट हुँदा हङकङले ६१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप