सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बिदाइ भए डोलेश्वर आएका साधुसन्त

आइतबार, २७ फागुन २०८०, १६ : ५९
आइतबार, २७ फागुन २०८०

भक्तपुर । महाशिवरात्रि पर्वका लागि केदारनाथको शिर मानिने डोलेश्वर महादेवको मन्दिरमा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका साधुसन्त एवं नागाबाबालाई दक्षिणासहित बिदाई गरिएको छ ।  केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथ विकास समितिले साधुसन्तलाई ‘क’ र ‘ख’ वर्गमा विभाजन गरी दक्षिणा दिएर आज बिदाई गरेको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।

समितिले ‘क वर्गका १३० जना साधुसन्त एवं बाबाहरुलाई दक्षिणस्वरुप जनही रु एक हजार दुई सय पाँच र ‘ख’ वर्गका साधुसन्त एवं बाबाहरुलाई रु आठ सय पाँचका साथै एक(एक थान धोती र कम्बल पनि दिइएको जनाएको छ । 

महाशिवरात्रिका लागि एक साता अगाडिदेखि डोलेश्वर मन्दिर आएका साधुसन्त र बाबाहरुलाई मन्दिर परिसरमै खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरिएको थियो । महाशिवरात्रिका दिन सो मन्दिरमा ६० हजार दर्शनार्थीले दर्शन गरेको जानकारी दिँदै उनले मन्दिरमा जम्मा भएको भेटी भने केही दिनमा सार्वजनिक गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप