सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

सोमबार, २८ फागुन २०८०, ०९ : ३८
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दै छ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । शनिबार पनि बसेको थियो । तर नेताहरूबिच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन सकेन ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज (सोमबार) सार्वजनिक गरिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप