मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, २८ फागुन २०८०, ११ : ०५
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । नेपाली बजारमा सोमबार भने सुनको मूल्य स्थिर रहेको छ । पछिल्लो दिनमा सुनको मूल्य बढ्दै रेकर्ड कायम भएकोमा सोमबार भने आइतबारकै मूल्यमा कारोबार भएको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदा तेजावी सुन तोलामा १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको पनि आइतबारकै मूल्य अर्थात १ हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप