सरकारको ढुकुटीमा सवा २ खर्ब नगद मौज्दात, बजेट कार्यान्वयनमा १ खर्ब ५२ अर्ब घाटा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालसम्म सरकारी ढुकुटीमा सवा २ खर्ब नगद मौज्दात रहेको जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म विभिन्न बैंक तथा वित्त कम्पनीको खातामा रहेको सरकारी कोष २ खर्ब १५ अर्ब २६ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको हो ।
यो संघ (केन्द्र सरकार), प्रदेश तथा स्थानीय तहको खातामा रहेको रकम समेतको एकमुष्ट नगद मौज्दात हो ।
२०८० असार मसान्तमा यस्तो मौज्दात जम्मा ६५ अर्ब ३६ करोड रुपैयाँ मात्र रहेको थियो । पछिल्लो ७ महिनामा १ खर्ब ४९ अर्ब ९० करोड रुपैयाँले नगद मौज्दात बढेको छ । यसले सरकारी कोष मजबुत रहेको प्रस्ट हुन्छ ।
तर, समीक्षा अवधिमा लक्षित बजेट खर्च गर्न नसकेको सरकारले गएको ७ महिनामा ६ खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जबकि आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको वार्षिक बजेट ल्याएको थियो ।
यस्तै, समीक्षा अवधिमा राजस्वतर्फ जम्मा ५ खर्ब ६८ अर्ब ४० करोड रुपैयाँ संकलन हुन सकेको केन्द्रीय बैंकले जनाएको छ । आय व्ययको हिसाबमा सरकार १ खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँ घाटामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण