आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको ढुकुटीमा सवा २ खर्ब नगद मौज्दात, बजेट कार्यान्वयनमा १ खर्ब ५२ अर्ब घाटा

सोमबार, २८ फागुन २०८०, १२ : ५८
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालसम्म सरकारी ढुकुटीमा सवा २ खर्ब नगद मौज्दात रहेको जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म विभिन्न बैंक तथा वित्त कम्पनीको खातामा रहेको सरकारी कोष २ खर्ब १५ अर्ब २६ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको हो । 

यो संघ (केन्द्र सरकार), प्रदेश तथा स्थानीय तहको खातामा रहेको रकम समेतको एकमुष्ट नगद मौज्दात हो । 

२०८० असार मसान्तमा यस्तो मौज्दात जम्मा ६५ अर्ब ३६ करोड रुपैयाँ मात्र रहेको थियो । पछिल्लो ७ महिनामा १ खर्ब ४९ अर्ब ९० करोड रुपैयाँले नगद मौज्दात बढेको छ । यसले सरकारी कोष मजबुत रहेको प्रस्ट हुन्छ । 

तर, समीक्षा अवधिमा लक्षित बजेट खर्च गर्न नसकेको सरकारले गएको ७ महिनामा ६ खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जबकि आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको वार्षिक बजेट ल्याएको थियो । 

यस्तै, समीक्षा अवधिमा राजस्वतर्फ जम्मा ५ खर्ब ६८ अर्ब ४० करोड रुपैयाँ संकलन हुन सकेको केन्द्रीय बैंकले जनाएको छ । आय व्ययको हिसाबमा सरकार १ खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँ घाटामा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप