मण्डलामा अब नाटक ‘आकाशको बाटो’
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरले अब नाटक ‘आकाशको बाटो’ मञ्चन गर्ने भएको छ । थियटरले सोमबार नाटकको एक पोष्टर सार्वजनिक गर्दै मञ्चन जानकारी दिएको हो ।
प्रदीपकुमार चौधरीको लेखन तथा निर्देशन रहेको नाटक चैत २ देखि १८ सम्म नियमित मञ्चन हुनेछ । पछिल्लो समय समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावलगायत विभिन्न कारणले नेपाली युवाहरुमा निम्तिएको समस्या नाटकको विषयवस्तुको रुपमा उठाउनेछ ।
सोहित रावल, सशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ्ग राई, आकृति केसी, झरना चोखाल, विपना बस्नेत, दिया दुमी राई, कृष्ण गुरुङ (कृष), कोहिनूर विश्वकर्मा, मञ्जिल श्रेष्ठ, दिपक श्रेष्ठ, विजय तामाङ (ब्लोन), मानबहादर हिराङ्ग साम्पाङ्ग राई, सुशान्त पन्त, जीवन ठाकुर, पविन तामाङ्ग, रविन साहशकर, मनोज केसी, मुकेश पाण्डे प्रभात, आङ्गबो लिम्बु र शीतल वाग्ले लगायतका कलाकारको नाटकमा अभिनय रहनेछ ।
मण्डला थिएटरकै प्रस्तुति रहेको नाटक सोमबारबाहेक साताको प्रत्येक दिन ४ बजे र शनिबार भने दिउँसो १२ः ३० समेत मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण