साइकलयात्रीलाई ठक्कर दिएपछि यात्रुवाहक बसमा आगजनी
सोमबार, २८ फागुन २०८०, १५ : ११
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुर चोकस्थित साइकलयात्रीलाई ठक्कर दिएपछि यात्रुवाहक बसमा आगजनी गरिएको छ ।
सोमबार बिहान साइकलयात्रीलाई ठक्कर दिएपछि ग२ख १४४० नम्बरको यात्रुवाहक बसमा आगजनी गरिएको हो ।

बसको ठक्करबाट कविलासी नगरपालिका–१०, सलेमपुरका जुगल किशोर महतो गम्भीर घाइते भएका छन् । महतोलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण