जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : उद्योगमन्त्री भण्डारी
बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको सोमबार पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताए ।
उनले भने, “राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ । जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ । जनताको शिर झुक्ने गरी काम गरिने छैन । बैतडी र सिङ्गो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ ।”
देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको बताए । उनले भने, “देश सङ्कटपूर्ण अवस्थामा छ । सरकारमा रहुन्जेल यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ । जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँछौँ ।”
राजनीतिक शक्ति सन्तुलनका आधारमा देशमा परिवर्तन आएको भन्दै मन्त्री भण्डारीले पार्टी ‘मिसन–८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण