‘नेपाली फिल्म फेस्टिभल इन लण्डन’ आयोजना हुने
काठमाडौंँ । ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ को आयोजना हुने भएको छ । बेलायतको राजधानी लण्डनमा आयोजना हुने थर्ड आई लिमिटेडले गर्न लागेको हो । महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिनेछ ।
बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजना नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागेको आयोजक थर्ड आई लिमिटेडलका अध्यक्ष विकास देवकोटाले बताए । सात दिनसम्म चल्ने महोत्सवमा हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म प्रदशर््न हुनेछ । महोत्सवले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा समेत प्रवासी नेपालीलाई थाहा हुने र नयाँ नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी बजार समेत विस्तार हुने बताइएको छ ।
थर्ड आइले करिब ४० जना हारहारीमा फिल्मीकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरु महोत्सवमा सहभागी हुने बताएको छ । महोत्सव जुन (जेठ) महिनामा आयोजना हुनेछ । आयोजकले यो महोत्सवको तयारी सुरु गरिसकेको बताएको छ ।
आयोजकले यो महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने आशा गरेको छ । जसबाट दशवटा फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ । आयोजकले महोत्सवमा भाग लिन चाहने फिल्म मेकरले थर्ड आइको फेसबुक पेजमा गएर आवेदन दिनसक्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झलनाथलाई प्रश्न : नयाँ पार्टी खोल्न लाग्नुभएको हो ?
-
‘सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट विनियाेजन
-
मूल्यवृद्धिले खाद्यान्न ढुवानी प्रभावित
-
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण