‘म मेरो वडा आफैँ बनाउँछु’ अभियान चलाउँदै एमाले
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ३२ दिने ‘म मरो वडा आफैँ बनाउँछु’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ । महानगर कमिटीको सोमबार बसेको नवौँ पूर्ण बैठकले यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस अभियानअन्तर्गत संगठन सुदृढीकरण तथा शुद्धीकरण गर्दै वडाहरुको व्यवस्थापन, टोल कमिटी पुनर्गठन, जनसंगठन गठन तथा पुनःर्गठन एवम् व्यवस्थापन, भेला बैठक, जनतासँग जनप्रतिनिधि र जनसरोकारका विषयमा खबरदारी लगायतका कार्यक्रमहरु सञ्चालन गरिने महानगरका अध्यक्ष सागर थापाले बताए ।
उनका अनुसार एमाले महानगरले १९ वटै वडामा वैशाख मसान्तभित्र वडास्तरीय प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ । यस्तै विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिको दुई वर्षीय कार्य प्रगति विवरण लिएर जनताको बिचमा जाने समेत निर्णय भएको हो ।
यसैबिच एमाले महानगर कमिटीले कार्यसम्पादनलाई सहज बनाउन कार्यालय समिति गठन गरेको छ । एमाले महानगरका अध्यक्ष सागर थापा अध्यक्ष, रोहित कोइराला सचिव रहेको ११ सदस्सीय समिति गठन गरेको हो ।
बैठक तथा प्रशिक्षाणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले जनताका बिचमा उत्कृष्ट कार्यक्रम र योजना लिएर जान निर्देशन दिए । एमालेका हरेक नेता कार्यकर्ता जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने उनले बताए ।
यस्तै कार्यक्रममा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य रामलाल साह, विराटनगर महानगरका इन्चार्ज हेमराज राईलगायतले प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण