पीएनजीविरुद्ध नेपालले १५ ओभरमा ४ विकेट गुमाएर १२७ रन बनायो
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार जारी पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको आफ्नो दोस्रो खेलमा १५ ओभरमा चार विकेट गुमाएर एक सय २७ रन बनाएको छ । नेपालका लागि सन्दीप जोरा १७ बलमा एक छक्का र तीन चौकाको मद्दतले ३५ र गुलसन झा एक रन बनाउँदै क्रिजमा सँघर्षरत छन् ।
त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ५९ रन बनाएर आउट भएका थिए । उनले ३९ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएका थिए । २७ वर्षीय कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा बनाएको यो आठौँ अर्धशतक हो । उनले टी-२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् ।
त्यसअघि नेपालका अर्का ओपनर ब्याट्सम्यान विनोद भण्डारी २७ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । कप्तान रोहित पौडेल एक रनमा पेभेलियन फर्किएका थिए ।
आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो । पीएनजीका बलर नोसाइना पोकाना, जोन कारिको, असाद भाला र नरम्यान भानुआले एक(एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण