कुशल र प्रतिसले लिए पीएनजीको तेस्रो र चौथो विकेट
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी)ले आफ्नो तेस्रो र चौथो विकेट गुमाएको छ ।
पीएनजीको तेस्रो विकेट कुशल भर्तेलले लिएका हुन् । कुशल भुर्तेलले पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान असाद भालालाई नौ रनको ब्यक्तिगत स्कोरमा लोकेश बमद्वारा क्याच गराएका हुन् । कप्तानसमेत रहेका असाद भालाले पेभेलियन फर्किनुअघि ११ बलमा एक चौका पनि हिर्काएका थिए । ७.५ ओभरमा उनी आउट हुँदा पीएनजीले ६७ रन बनाएको थियो ।
यसैगरी पीएनजीको चोथो विकेट प्रतिस जिसीले लिए । उनले पीएनजीका चौथो नम्बरका ब्याट्सम्यान हिरी हिरीलाई गुलसन झाद्वारा क्याच गराए । प्रतिसले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि हिरी हिरीले २८ रन बनाए । उनले १९ बलमा दुई छक्का र एक चौका पनि हिर्काएका थिए । ८.२ ओभरमा उनी आउट हुँदा पीएनजीले ७३ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण