पीएनजीले गुमायो लगातार तीन बलमा तीन विकेट
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले लगातार तीन बलमा पाँचौँ, छैटौँ र सातौँ विकेट गुमायो ।
पीएनजीको पाँचौँ विकेट आकाश चन्दले लिएका हुन् । आकाशले पीएनजीका छैटौँ नम्बरका ब्याट्सम्यान चार्लिस अमिनीलाई नौ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । पेभेलियन फर्किनुअघि चार्लिसले नौ बलमा एक चौका हिर्काएका थिए । ११औँ ओभरको अन्तिम बलमा चार्लिस आउट हुँदा पीएनजीले ८९ रन बनाएको थियो ।
त्यसपछि १२औँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले पीएनजीको छैटौँ विकेट लिए । उनले पीएनजीका लेगा सियाकालाई पाँच रनको ब्यक्तिगत स्कोरमा लोकेश बमद्वारा क्याच गराए । उनी आउट हुँदा पीएसजीले ८९ रन बनाएको थियो ।
त्यसलगत्तै १२औँ ओभरको दोस्रो बलमा कुशल भुर्तेलले नै पीएनजीका नरम्यान भानुआलाई खाता खोल्नुअघि नै बोल्ड गरेका थिए । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट हो । नरम्यान आउट हुँदा पीएनजीले ८९ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण