प्रधानमन्त्री बिहारका नितिशकुमार जस्तै ‘पल्टुराम’ बन्ने अवस्था देखियो : आनन्दप्रसाद ढुङ्गाना
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन परिवर्तन गरेर सत्तामा बस्न बिहारका मुख्यमन्त्री नितिश कुमारको शैली पछ्याएको बताएका छन् ।
मंगलबार कांग्रेस सांसद युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै ढुङ्गानाले बिहारका मुख्यमन्त्री नितिशकुमारले ९ पटक गठबन्धन फेरेर सरकारका बसेका कारण उनलाई त्यहाँ ‘पल्टुराम’ भन्ने गरेको बताउँदै प्रचण्ड पनि त्यही बाटोमा रहेको बताए ।
जनताले दिएको म्यान्डेटभन्दा प्रधानमन्त्री बाहिर गएको उनले बताए । ढुङ्गानाले भने–‘हामी यो देशमा संघीय गणतन्त्रलाई व्यवस्थित गर्छौँ, यो संविधानका लागि हामी लडेका हौँ, साँच्चै नै यो संविधानप्रति हामी इमानदार हौँ भने जनताले अल्टन पल्टन गर्न म्यान्डेड दिएका हैनन् । तपाई पदका लागि कहिले यता, कहिले उता गरिराख्नुस् भनेर दिएको हैन । तर अरू कसैलाई आरोप लगाउँदै गर्दा आफ्नो अनुहार ऐनमा हेर्न सक्नुपर्छ ।’
अहिले प्रधानमन्त्रीले गठबन्धन भत्काउने र अर्को बनाउने क्रियाकलापले देश अस्थिरतामा गएको बताए । उनले कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार रहेका शर्मा देशको राजनीतिमा लामो संघर्ष गरेको व्यक्ति रहेको, २०२४ सालदेखि विद्यार्थी राजनीतिबाट अघि बढेको व्यक्ति रहेको जानकारी गराए ।
शर्मा शेरबहादुर देउवा नेविसंघको सभापति भएको बेला मध्यपश्चिमाञ्चल उपसभापति रहेका थिए । २०४५ सालमा बाँके जिल्ला सभापति भएको, २०४६ सालको आन्दोलनको क्रममा जेलमा बसेको, लोकतान्त्रिक गणतन्त्र ल्याउन ठुलो भूमिका रहेको बारे ढुङ्गानाले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनमा प्रहरीको हत्या गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड
-
बागमती एमालेमा विवाद : अबको मुख्यमन्त्री को ?
-
वर्षमान पुनको प्रश्न : प्रविधिमैत्री निर्वाचनमा ‘ह्याकिङ’ र ‘प्रोग्रामिङ’ को जोखिम कसरी रोक्न सकिन्छ ?
-
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण