सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको सिक्री नपाएको भन्दै विवाह रद्द गरेको आरोपमा बेहुलासहित ६ जना पक्राउ

मङ्गलबार, २९ फागुन २०८०, १५ : १५
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । सुनको सिक्री दाइजो नदिएको निहुँमा विवाह रद्द गरेपछि वीरगन्जबाट प्रहरीले बेहुला सहित ६ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२४ स्थित रानिघाटबाट दुलाहा सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी कुमार विक्रम थापाले रातोपाटीलाई बताए ।

सिक्री नपाएको भन्दै निहुँमा बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश शाहले मण्डबाट नै विवाह रद्द गर्ने घोषणा गरेका हुन् । उनले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । पीडित परिवारले बेहुला पक्ष विरुद्ध प्रहरीमा जाहेरी दिँदै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप