शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व मिर्गौला दिवस मनाइँदै

बुधबार, ३० फागुन २०८०, १३ : १०
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ भोलि विश्व मिर्गौला दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम गरी बर्सेनि मार्च १४ गते यो दिवस मनाइँदै आएको छ । 

विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइन्छ । यो वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ ।

विभिन्न संस्थाबाट विभिन्न कार्यक्रमसहित हुँदै आएको कार्यक्रम यसपटक भने अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउटै भएपछि पहिलो पटक संयुक्त रूपमा आयोजना हुन लागेको हो । आयोजकले बिहीबार बिहान ७ः४५ बजेदेखि रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गर्ने भएको छ । 

दशरथ रंगशालामा ८ः१५ बजेदेखि ९ बजेसम्म प्रत्यारोपित/अङ्गदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरूबिच मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने आयोजकले जनाएको छ । बिहान ९ बजेदेखि ९ः३० सम्म विश्व मिर्गौला दिवससम्बन्धी औपचारिक कार्यक्रमको आयोजना हुने आयोजकले उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप