स्वास्थ्य
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
सोमबार, २५ जेठ २०८३, २० : १७
सारांश
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अबदेखि एक जना मात्र सचिव रहने भएका छन्।
- स्वीकृत 'नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३' अनुसार दुई सचिव रहने मन्त्रालयहरूमा दरबन्दी पुनः मिलान गरी एक जना मात्र राख्ने व्यवस्था लागू गरिएको छ।
- यस नयाँ व्यवस्थासँगै अब मन्त्रालयमा स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटा मात्र बहाल रहनेछन् र उनले नै सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछन्।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अबदेखि एक जना मात्र सचिव रहने भएका छन्।
स्वीकृत ‘नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३’ अनुसार दुई सचिव रहने मन्त्रालयहरूमा दरबन्दी पुनः मिलान गरी एक जना मात्र राख्ने व्यवस्था लागू गरिएपछि मन्त्रालयमा लामो समयदेखि कायम स्वास्थ्य सेवा र प्रशासनतर्फको दुई सचिवको व्यवस्था अन्त्य भएको हो ।
यस नयाँ व्यवस्थासँगै अब मन्त्रालयमा स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटा मात्र बहाल रहनेछन् भने उनले नै मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्वको सम्पूर्ण जिम्मेवारी एक्लै सम्हाल्नेछन्।
यसैक्रममा प्रशासनतर्फका सचिव डिल्लीराम शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएपछि सोमबार मन्त्रालयबाट उनको औपचारिक बिदाइसमेत भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो युद्धका लागि अमेरिकाभन्दा बलियो अवस्थामा इरान
-
सार्क पुनर्जीवनका लागि माल्दिभ्सको पहल
-
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
-
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले भन्यो– घरायसी विवादकै कारण ज्योतिले आत्मदाह गरेको देखिन्छ
-
रुस–युक्रेनबीच भीषण आक्रमण जारी, १० जनाको मृत्यु
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण