देश सोचेको जस्तो सहज स्थितिमा छैन : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा उनले देश सामान्य हिसाबले सोचेको जस्तो नरहेको बताएका हुन् ।
नेता सिटौलाले संसदीय दलका रुस युक्रेन युद्धमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरामा सबै राजनीतिक दलहरु सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्ने बताए । उनले सत्ता आफ्नो ठाउँमा छोडेर देशको हितका लागि काम गर्न आवश्यक रहेको बताए । उनले सधैँ आफूले भनेको नै हुन्छ भन्ने घमण्ड राख्नु नहुने बताए ।
उनले भने, ‘अहिले प्रधानमन्त्री विश्वासको मत लिँदै हुनुहुन्छ, हामी अध्यक्षज्यूलाई बधाई दिँदै छौँ । बडो संयोग जुटेको छ । एउटै पार्टीको एउटा नेता विश्वासको मत लिँदै हुनुहुन्छ र अर्को यता बधाई थाप्दै हुनुहुन्छ । एउटा संयोग परेको छ । म के आग्रह गर्न चाहन्छु भने तपाईँलाई पनि र प्रधानमन्त्रीज्यूलाई पनि देश तपाईँ हामीले सोचे जस्तो सजिलो ठाउँमा छैन । हामीले सोचेको जस्तो सजिलो तरिकाले हाम्रा विचारमा सधैँ लागू हुन्छन् भनेर अहंकार कसैले नगरे हुन्छ । मैले भनेपछि त्यही कुरा लागू हुन्छ भन्नेकुरा नसोचे हुन्छ । समय त्यति सजिलो छैन ।’
नेता सिटौलाले श्रमिकका समस्या समग्र रुपमा समाधान गर्नुपर्ने बताए । उनले देशमा बेरोजगारीको अवस्था विकराल हुँदै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने