देश सोचेको जस्तो सहज स्थितिमा छैन : नेता सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा उनले देश सामान्य हिसाबले सोचेको जस्तो नरहेको बताएका हुन् ।
नेता सिटौलाले संसदीय दलका रुस युक्रेन युद्धमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरामा सबै राजनीतिक दलहरु सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्ने बताए । उनले सत्ता आफ्नो ठाउँमा छोडेर देशको हितका लागि काम गर्न आवश्यक रहेको बताए । उनले सधैँ आफूले भनेको नै हुन्छ भन्ने घमण्ड राख्नु नहुने बताए ।
उनले भने, ‘अहिले प्रधानमन्त्री विश्वासको मत लिँदै हुनुहुन्छ, हामी अध्यक्षज्यूलाई बधाई दिँदै छौँ । बडो संयोग जुटेको छ । एउटै पार्टीको एउटा नेता विश्वासको मत लिँदै हुनुहुन्छ र अर्को यता बधाई थाप्दै हुनुहुन्छ । एउटा संयोग परेको छ । म के आग्रह गर्न चाहन्छु भने तपाईँलाई पनि र प्रधानमन्त्रीज्यूलाई पनि देश तपाईँ हामीले सोचे जस्तो सजिलो ठाउँमा छैन । हामीले सोचेको जस्तो सजिलो तरिकाले हाम्रा विचारमा सधैँ लागू हुन्छन् भनेर अहंकार कसैले नगरे हुन्छ । मैले भनेपछि त्यही कुरा लागू हुन्छ भन्नेकुरा नसोचे हुन्छ । समय त्यति सजिलो छैन ।’
नेता सिटौलाले श्रमिकका समस्या समग्र रुपमा समाधान गर्नुपर्ने बताए । उनले देशमा बेरोजगारीको अवस्था विकराल हुँदै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण