राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता छ : नेता दाहाल
काठमाडौँ । राष्ट्रियसभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधवारको राष्ट्रियसभा बैठकमा उनले सधैँ राजनीतिक अस्थिरता हुने गरेको भन्दै राजनीतिक स्थिरताका लागि के गर्न सक्छौँ भन्ने कुरामा राष्ट्रिय सभाबाट काम गर्नुपर्ने बताए । उनले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई फर्काउने बारेमा पनि सरकारले गम्भीर भएर सोच्न जरुरी रहेको बताए । उनले बेरोजगारीकै कारण युवाहरु विदेश पलायन भइरहेको बताए ।
उनले भने, ‘रसियन सेनामा नेपालीहरु कसरी भर्ती भए । बेराेजगारका कारण हो । प्रतिपक्षका नेताले भन्नुभएको छ । बेरोजगार र युवा पलायनको अवस्था डरलाग्दो छ । सुरु सुरुमा त जानकारी नभएर पनि कतिपय गएका छन् । पछिल्लो समय त जानकारी भएर पनि बाध्यताले पनि गएको अवस्था छ । यसको लागि सरकारका जिम्मेवारीहरु के हुन् भन्नेकुरा छ । सधैँभरि राजनीतिक अस्थिरता हुने र राजनीतिक स्थिरताका लागि के गर्न सक्छौँ, कस्ता कामहरु गर्न सक्छौँ ? भन्ने सन्दर्भमा हामीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।’
संसदीय दलका नेता दाहालले संघीयतासम्बन्धी कानुनहरू कार्यान्वयन गर्न प्राथमिकता दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण