बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता छ : नेता दाहाल

बुधबार, ३० फागुन २०८०, १५ : ३३
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

बुधवारको राष्ट्रियसभा बैठकमा उनले सधैँ राजनीतिक अस्थिरता हुने गरेको भन्दै राजनीतिक स्थिरताका लागि के गर्न सक्छौँ भन्ने कुरामा राष्ट्रिय सभाबाट काम गर्नुपर्ने बताए । उनले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई फर्काउने बारेमा पनि सरकारले गम्भीर भएर सोच्न जरुरी रहेको बताए । उनले बेरोजगारीकै कारण युवाहरु विदेश पलायन भइरहेको बताए ।

उनले भने, ‘रसियन सेनामा नेपालीहरु कसरी भर्ती भए । बेराेजगारका कारण हो । प्रतिपक्षका नेताले भन्नुभएको छ । बेरोजगार र युवा पलायनको अवस्था डरलाग्दो छ । सुरु सुरुमा त जानकारी नभएर पनि कतिपय गएका छन् । पछिल्लो समय त जानकारी भएर पनि बाध्यताले पनि गएको अवस्था छ । यसको लागि सरकारका जिम्मेवारीहरु के हुन् भन्नेकुरा छ । सधैँभरि राजनीतिक अस्थिरता हुने र राजनीतिक स्थिरताका लागि के गर्न सक्छौँ, कस्ता कामहरु गर्न सक्छौँ ? भन्ने सन्दर्भमा हामीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।’

संसदीय दलका नेता दाहालले संघीयतासम्बन्धी कानुनहरू कार्यान्वयन गर्न प्राथमिकता दिनुपर्ने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप