राष्ट्रियसभा अध्यक्षमा मैले पाएको भूमिकालाई प्रधानमन्त्रीसँग नजोड्न अध्यक्ष दाहालको आग्रह
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा अध्यक्षमा आफूले पाएको भूमिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग व्यक्तिगत रुपमा नजोड्न आग्रह गरेका छन् ।
बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफूले जनतालाई धोका हुने र पछुतो हुने कुनै काम नगरेको पनि स्पष्ट पारे । उनले आफूले प्राप्त गरेको भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पाएको बताए । उनले आफूहरुको सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा नभएको बताए । उनले प्रधानमन्त्री दाहाल र आफ्नो सम्बन्ध विचार केन्द्रित सहकर्मीको रुपमा मात्रै रहेको बताए ।
उनले भने, ‘मैले सम्झेसम्म जनतालाई धोका हुने र पछुतो हुने कुनै काम गरेको छैन । मैले प्राप्त गरेको भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु । तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा थिएन र छैन । हाम्रो सम्बन्ध सधैँभर विचार केन्द्रित सहकर्मीको रुपमा रहेको छ ।’
अध्यक्ष दाहालले अध्यक्षमा मनोनयन भएपछि आफूले दलीय आबद्धता र संलग्नता त्याग गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण