कर्णालीमा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै शाही आक्रोशित
बुधबार, ३० फागुन २०८०, १८ : ५१

सुर्खेत । कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै संसदमा आक्रोश व्यक्त गरेका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै आफ्नो दलले मार्ग प्रशस्त गर्न सरकारबाट बाहिरी पनि नयाँ गठबन्धनले सरकार नबनाएको भन्दै उनले आक्रोश पोखेका हुन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा उनले भने, ‘तपाईँहरु मिल्नुहोस् बनाउनुहोस् तर समयमा बनाउनुहोस् । दुई हप्ता बित्न लाग्दा पनि सरकार बनाउन सक्नुहुन्न ? यहाँ त सरकार बनाउन कसैले रोकेको छ जस्तो मलाई लाग्दैन ।’
कर्णालीमा कांग्रेसले फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, केन्द्रले नेतृत्वको टुङ्गो नलगाउँदा माओवादी–एमालेले सरकार गठन गर्न सकिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन