कांग्रेसका युवा नेता शाहीले कर्णालीमा ‘संगठन सुदृढ यात्रा’ गर्दै
सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कर्णालीमा ‘कांग्रेस संगठन सुदृढ यात्रा’ गर्ने भएका छन् । शुक्रबारदेखि उनले उक्त यात्राको थालनी गरिने बताए । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाहीले शुक्रबारदेखि सल्यानको कपुरकोटदेखि यात्रा सुरु गरी हुम्ला सिमिकोट पुगेर अन्त्य गरिने बताए ।
कुनै बेला कर्णालीका गाउँ–गाउँमा पुगेर कांग्रेसको संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका शाहीले प्रदेशका १० वटै जिल्लामा पुग्ने, कांग्रेसलाई भावनात्मक रुपमा एकताबद्ध बनाएर संगठनलाई सुदृढ, बलियो र सशक्त बनाउँदै पार्टीलाई थप उर्जाशील र गतिशील बनाउने आफ्नो उद्देश्य रहेको बताए ।
१० जिल्ला, गाउँ–गाउँ, टोल–टोलमा पुगेर आम कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्न उक्त यात्राले महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा उनको छ । ‘कांग्रेसलाई सशक्त, सबल, प्रभावकारी, सुदृढ , लोकप्रिय, बलियो र गतिशील पार्टी बनाउने हामी सबै पार्टी सदस्यहरुको कर्तव्य र दायित्व पनि हो,’ उनले भने, ‘यही कुरालाई आत्मसात गर्दै यो यात्रा सुरु गर्न लागेको छु । यो विषयमा प्रदेशका नेताहरुसँग पनि कोअर्डिनेशन गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण