शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर सञ्चालक पक्राउ

बिहीबार, ०१ चैत २०८०, १२ : १९
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । बालिकाहरूलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका सञ्चालक उदयपुर बेलका नगरपालिका-५ ठेगाना भएका ३८ वर्षीय हिरन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

उक्त खाजा घरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई पक्राउ गरेको बताइएको छ । साथै उक्त स्थानबाट नाबालिकासहित दुई जनालाई प्रहरीले उद्धार समेत गरेको छ । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप