लिभिङ टुगेदरसम्बन्धी कानुन माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
काठमाडौँ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदर सम्बन्धी कानुन बनाउन आदेश माग गर्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छिन् । अदालतले ०८०–डब्लुओ–०९२७ दर्ता नम्बरमा निवेदन बुझेको छ ।
निवेदनमा लिभिङ टुगेदर कानुनको अभावमा समाजमा नकारात्मक असरहरू देखापरिरहेको र यसलाई समयमै नियमन तथा व्यवस्थापन गर्न जरुरी देखिएकाले तत्काल कानुन निर्माण गर्न सरकार र संसद्लाई परमादेशको आदेश जारी गरी पाउँ भनिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संङघीय संसद्लाई विपक्षी बनाइएको निवेदनमा भनिएको छ,'नेपालमा हाल लिभिङ टुगेदरको कानुन नभएको अवस्थामा,कानुन विपरीत तर आवश्यकताको कारणले यस किसिमको सम्बन्धमा रहने मानिसहरूको सख्या उल्लेख्य मात्रमा रहेको छन् यद्यपि यससँग सम्बन्धित कानुनको अभावमा समाजमा नकारात्मक असरहरू देखापरिरहेको छ यसर्थ लिभिङ टुगेदरसँग सम्बन्धित यसलाई समयमै नियमन तथा व्यवस्थापन गर्न अति नै जरुरी र आवश्यक रहेकोले विपक्षीहरूको नाममा माथि रिट निवेदनमा उल्लेखित विभिन्न कानुनी प्रावधानहरू समेत समावेश गरी कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरूले लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न गराउन विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरी पाउँ।'
निवेदनमा मुद्दालाई अग्राधिकार दिन माग पनि गरिएको छ ।
निवेदकले भारतदेखि अमेरिकासम्म लिभिङ टुगेदर सम्बन्धी कानुन रहेको दृष्टान्त दिँदै नेपालमा पनि तत्काल कानुनको आवश्यकता औँल्याएकी छिन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण