युद्धको तयारी गर्दैछ उत्तर कोरिया ? युद्ध ट्याङ्कमा देखिए किम

प्योङयोङ । उत्तर कोरियाका नेता किम जोङ उन एकपटक फेरि चर्चामा छन् । दक्षिण कोरिया र अमेरिकाको संयुक्त अभ्यास समाप्त हुनुअघि उत्तर कोरियाले नयाँ सैन्य प्रदर्शन गरेको छ । बुधवार भएको सैन्य प्रदर्शनको नेतृत्व किमले गरेका थिए । यस क्रममा उनले कमान्डरहरूलाई वास्तविक युद्धजस्तै अभ्यास गर्न आदेश दिएका थिए ।
अभ्यासमा नयाँ खालको मुख्य युद्ध ट्याङ्कको पहिलो प्रदर्शन अभ्यास पनि गरिएको थियो । यो अभ्यासमा किमको साथमा रक्षामन्त्री काङ सुन नाम लगायतका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए । एउटा तस्बिरमा किमले युद्ध ट्याङ्कबाट बाहिर हेरिरहेको देख्न सकिन्छ । खबरहरूका अनुसार किम आफैँले पनि ट्याङ्क चलाएका थिए ।
दक्षिण कोरिया र अमेरिकाले वार्षिक रूपमा गर्दै आएको संयुक्त अभ्यास बिहीबार समाप्त हुँदैछ । यही बेलामा उत्तरले यो अभ्यास गरेको हो । तनाव कम गर्ने उद्देश्यले सन् २०१८ मा दुई कोरियाली देशबिच भएको सैन्य सम्झौता उत्तर कोरियाले नोभेम्बरमा एकतर्फी रूपमा रद्द गरेको थियो । उक्त सम्झौता रद्द भएयताको दक्षिण कोरिया र अमेरिकाबिचको यो पहिलो अभ्यास थियो । यस अभ्यासलाई फ्रिडम शिल्ड एक्सरसाइज नाम दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उरुग्वेका पूर्वराष्ट्रपति मुहिकाको निधन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै