शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दिल्ली क्यापिटल्सबाट बाहिरिए लुंगी एंगिडी

शुक्रबार, ०२ चैत २०८०, १० : ४८
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनमा दक्षिण अफ्रिकी खेलाडी लुंगी एंगिडी सहभागी नहुने भएका छन् । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एंगिडीलाई आगामी सिजनको आईपीएलका लागि दिल्ली क्यापिटल्सले किनेको थियो ।

स्वास्थ्य समस्याका कारण उनी अन्तिम समयमा आएर प्रतियोगिताबाट बाहिरिएको समाचारमा जनाइएको छ । उनको स्थानमा दिल्ली क्यापिटल्सले अस्ट्रेलियाका ज्याक फ्रेजर म्याकगर्कलाई टोलीमा समावेश गरेको छ ।

२१ वर्षीय ज्याकले अस्ट्रेलियाका लागि हालसम्म दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । २७ वर्षीय तीव्र गतिका बलर एंगिडीले भने दक्षिण अफ्रिकाका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप