सहवीर स्मृति लन टेनिस चैत ४ गतेदेखि
शुक्रबार, ०२ चैत २०८०, १३ : ४३
काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबद्वारा आयोजित ‘१२ औँ सहवीर स्मृति लन टेनिस प्रतियोगिता–२०८०’ चैत ४ गते सुरु हुने भएको छ । प्रतियोगिता चैत ९ गतेसम्म सञ्चालन हुने एपीएफले जनाएको छ ।
प्रतियोगिताका खेलहरु आईटीएफ र एनटीएको नियमअनुसार सञ्चालन गरिने छ । प्रतियोगितामा विभिन्न ११ वटा स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी पाँच लाख २७ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरु नेपाल एपीएफ क्लवको टेनिस कोर्ट र दशरथ रंगशालास्थित काठमाडौं जिल्ला टेनिस संघको कोर्टमा सञ्चालन हुनेछ । आयोजकका अनुसार, प्रतियोगितामा सहभागी हुन कम्तीमा १४ बर्ष पुरा भएको हुनुपर्नेछ र कुनै पनि खेलाडीले दुईभन्दा बढी स्पर्धामा भाग लिन पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण